वामदेव गौतमलाई पनि डेंगु, कस्तो छ पछिल्लो अवस्था ?

मंगलबार, २४ भाद्र २०७६

काठमाडौं – नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ । सोमबार टेकु अस्पताल पुगेका गौतमले डेंगु परीक्षण गराएका छन् ।

उनलाई सोमबारबाट ज्वरो आएको थियो। चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका छन् । गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन् भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ।

सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ। यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ। शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संग्लग्न डक्टरले बताएका छन् ।