कहिलेदेखि खुल्दैछ अग्रीम टिकट बुकिङ ? यातायात विभागमा भयो यस्तो सहमति

बिहिबार, २६ भाद्र २०७६

काठमाडौं– दशैँमा घर जाने यात्रुका लागि आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा व्यवसायी र ट्राफिक प्रहरीसँग बिहीबार बसेको बैठकले असोज ५ गतेदेखि अग्रिम टिक बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

असोज ५ गतेदेखि यात्रुहरुले अग्रिम टिकट काट्न पाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । दशैंमा यात्रुको चाप बढी हुनाले अहिलेसम्म २ सय ५० बस समेत थपिएको उनले जानकारी दिए ।

व्यवसायीहरुले लामो समयदेखि दशैं अगाडि सार्वजनिक यातायातको भाडा बढाउने माग राख्दै आए पनि तत्कालका लागि भने भाडा नबढ्ने भएको छ । तर छठपछि भने कार्यदल नै गठन गरेर वैज्ञानिक भाडा दर लागू गर्ने सहमति भएको भएको छ ।