इक्यानका सदस्यहरुलाई खुशिको खवर
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले २३ औं बार्षिकोत्सवको अवसरमा आफ्ना सदस्यहरुलाई अभिमुखिकरण तालिमको आयोजना गर्ने भएको छ । इक्यानले शैक्षिक परामर्श क्षेत्रलाई मर्यादित, ब्यबस्थित एवम् पारदर्शि बनाउन अभिमुखिकरण तालिमको आयोजना गरेको हो ।
भदौ २७ गते शुक्रबारका दिन होटल ¥याडिसन लाजिमपाटमा विहान १०ः३० बजेदेखि कार्यक्रम सुरु हुने छ । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सम्मानको कार्यक्रमसमेत राखिएको इक्यानले जनाएको छ । नेपालका सुरक्षा संगठनहरुका समकालिन अधिकृतहरु माँझ निर्भिक एवम् कर्तव्यनिष्ठ बरिष्ठ अधिकृतको पहिचान बनाउन सफल प्रहरी प्रमुख खनाललाई नेपालको सुरक्षा व्यवस्थामा पुर्याएको् योगदानको कदर गर्दै सम्मान गर्न लागिएको इक्यानका महासचिव शेषराज भट्टराईले बताए ।
