प्रेरक प्रसंग : पाप गर्दा के हुन्छ ?

सोमबार, ३० भाद्र २०७६

काठमाडौं – एकपटक गुरु नानक कुनै गाउँमा पुगे । उनलाई देखेर सबै गाउँलेहरु खुसी भए । नानकलाई भोजन गराउन एकै समयमा एउटा जमिनदारले विभिन्न मेवामिष्ठान्न तथा एउटा गरीब किसानले भुटेको मकै नानकका अगाडि राखे ।

आश्चर्यको कुरा नानकले मिष्ठान्न तिर ध्यान नै नदिई कपाकप मकै चपाउन थाले । यस कुराले जमीनदारको मन पोल्यो । उनले रिसाउँदै भन्यो–‘किन यसो गरेको ।’ नानकले केही नबोली जमीनदारले ल्याएका खानेकुरा मुठीमा राखेर निचोरे । मुठीबाट धुलो झ¥यो । त्यसपछि किसानले ल्याएको मकै निचोरे । मुठीबाट मह चुलियो ।

नानकले शान्त मुद्रामा भने–‘म के खाउँ ?। जालझेल गरेर जोडिएको भनबाट तयार गरिएको धुलो रुपी मिष्ठान्न कि घाम–पानी सर्दी–गर्मी नभनी रातदिन स्वयं परिश्रम गरेर धर्मानुकूल कमाइले तयार भएको महरुपी मकै ?’

जमीनदार नतमस्तक भयो । नानकले उनलाई सम्झाउँदै भने– ‘जे भयो भयो, अब उप्रान्त पापको कमाइ नगर ।’ यसकारण अनीतिको मिठाईभन्दा नीतिको गुन्द्रुक राम्रो ’