प्रेरक प्रसंग : धन पनि बासी हुन्छ र ?

मंगलबार, ३१ भाद्र २०७६

काठमाडौं – एउटा गाउँमा एक जना धनी ब्यक्ति बस्थे । उनी धनी भए पनि केही नगरी बस्दथे । त्यो धन उनले कमाएका थिएनन् । उनका पुर्खाले कमाएका थिए ।
एक दिन उनीकहाँ कुनै सन्त भिक्षा माग्न आए । भिक्षा ल्याएर सन्तलाई दिन खोज्दा सन्तले भने– ‘आफ्नो कमाइ त्यो पनि साजीबाट देऊ बासी होइन ।’

उनी अलमल्ल परे र सन्तसँग सोधे– ‘महात्माजी कसरी यो भिक्षा बासी भयो ? के यो मेरा हैनन र ?’ सन्तले शान्तपुर्वक भने– ‘यी तिम्रा पुर्खाका कमाइ हुन् । उत्तराधिकारीको रुपमा रुपमा तिमीले पाएका मात्रै हौ यहाँ तिम्रो केही छैन । समय, श्रम, मिहिनेत र पुरुषार्थ गरेर आफूले कमाएको धन मात्रै आफ्नो र साजी हुन्छ । त्यो भन्दा फरकको र त्यसै पाएको धन भनेको पुर्वजन्मको कमाइ हो । त्यसैले त्यो बासी हो ।’

महात्मको कुराले उसको आँखा खुल्यो । उसको मनमा पनि स्वकर्मप्रति श्रद्धा जाग्यो र उसले अब त्यतिकै सुतेर नबस्ने अठोट ग¥यो । यसर्थ, अरुको होइन आफ्नो कमाइमा गर्व गर । थोरै भए पनि आफ्नो कमाइ दान गर्दा गौरव हुन्छ ।