यसकारण बन्द भयो काठमाडौं एयरपोर्ट, दर्जनौं जहाज आकाशमै होल्ड

मंगलबार, ३१ भाद्र २०७६

काठमाडौं – मौसम खराबीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ । बाक्लो हुस्सु र कुहिरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अबरुद्ध भएका छ ।

विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार तीन किलोमिटर मात्र भिजिबिलिटी भएकोले सबै उडान तथा अवतरण ठप्प पारिएको छ । यसअघि कोटेश्वर आइपुगेको कतार एयरको विमान डाइभर्ट गर्नुपरेको थियो भने लुक्लाबाट हिडेका चार ओटा हेलिकप्टरलाई काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको थियो ।

अहिले काठमाडौंका अकाशमा दर्जनौं विमानहरुले फन्को लाइरहेका छन् । भिजिविलिटी घट्ने प्रतिक्षामा विमानहरु आशमै होल्ड भएका हुने । इन्धन अभावले केही विमानहरु डाइभर्ट पनि भएको विमानस्थल कार्यालयले जनााएको छ ।