प्रेरक प्रसंग : त्याग के हो ? सिक्नुहोस्
काठमाडौं – दुई जना सन्न्यासी थिए । दुबैको आश्रम नजिक–नजिकै थियो । ती मध्ये एउटा सन्न्यासीका आफन्तहरु उनी भएको डाउँमा आइरहन्थे । आवश्यक सरसामानहरु प्नि ल्याइदिन्थे । उनी सन्न्यासी भए पनि भव्य आरुममा ठाँटबाँटका साथ बस्दथे ।
अर्का सन्न्यासी भने बडो कष्टपूर्ण जीवन बिताउँथे । भिक्षा मागेर खानथे । आफुसँग एकसरो लगाउने लुगा, एउटा कमण्डलु र मृगचर्मबाहेक अरु केही राख्दैनथे । आफ्नो त्यागमय जीवनप्रति उनलाई गर्व थियो । साधु भएर पनि ठाँटबाँटमा भुलेको भन्दै अर्का सन्न्यासीको खिसी गर्दथे ।
उनले एक दिन धनी सन्न्यासीसँग भने–‘ त्यागमा ठुलो शक्ति छ, तर त्याग सच्चा हुनुपर्छ । तपाइको त्याग सक्कली होइन । तपाई यस्ता सुखसुबिधा कहिले त्याग्नुहुन्छ ?’ धनी सन्न्यासीले शान्त स्वरमा भने–‘ महात्माजी, हामी यो ठाउँमा बसेको धेरै भयो । अब केही दिन घुम्न वराहक्षेत्र जाऊ । ’
दुवै जना वराहक्षेत्रतिर लागे । अलिक पर पुगेपछि धनी सन्न्यासीले अर्का सन्न्यासीसँग भने–‘ अब हामी कहिल्यै पनि यो ठाउँमा नफर्कौ ल ?’ त्यागी भनाउँदो सन्न्यासीले भने–‘ अहँ हुँदैन , मेरो कमण्डलु, मृगचर्म आदि सबै सामान यही छन् म कहाँ छोड्न सक्छु र ?’
भनी सन्न्यासीले हाँस्तै भने–‘ त्याग भनेको वस्तुको त्याग नभएर म र मेरो भन्ने आसक्तिको त्याग हो । तिमीमा त्यो भावना अहिले पनि आएको रहेनछ । त्यसैले तिमी फर्क, अब म कहिल्यै यता फर्कन्न । ’ यसकारण, त्यागको अर्थ वस्तु छोड्नु होइन आसक्तिदेखि टाढा हुनु हो ।