ज्ञानेन्द्र शाही भ्रष्टाचारी हुन : नेता गौतम
काठमाडौं –नेकपाका युवा नेता पुण्य गौतमले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाही भ्रष्टाचारी भएको आरोप लगाएका छन् । संवाद चौतारीले काठमाडौमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता गौतमले नेपाली राजनीतिमा झिलिक्क देखा परेर झुट बोल्दै आफुलाई भ्रष्टाचारविरोधी अभियान्ता भनेर भ्रष्टाचार गर्दै हिड्नु, आफ्नो नाम, उमेर र शैक्षिक योग्यता समेत ढाँटेर हिड्नु यो भन्दा ठूलो भ्रष्टाचार अरु केही हुन नसक्ने बताए ।
उनले आफ्नो लोकप्रियता कति छ ? भनि थाहा पाउनका लागि कास्कीमा गएर नेकपा र नेपाली कांग्रेसका उमेद्धारसँग सामना गरेर देखाउनसमेत चुनौती दिए । नेता गौतमले भने, ‘जमानत जफत भएको स्थिती भन्दा अलिकति माथी उठ्यौ भने घाँसको माला आफुले आफैलाई लगाएका छौ, राष्ट्रिय सभागृहमा बसेर खादा ओढाइ दिउला ।’
उनले ज्ञानेन्द्र शाही राजावादी भएता पनि आफु राजावादी नएको भनि जनताका आँखामा छारो हानिरहेको आरोप लगाए । नेता गौतमले उनलाई शाहीको नाममा दम्भ नदेखाउन समेत आग्रह गरे ।