बाबुरामको चियापानमा नेताहरुबीच कुटाकुट, ठुलै नेताको टाउको फुट्यो
सप्तरी – डा. बाबुराम भट्टराईको पार्टी समाजवादी पार्टीको चियापान कार्यक्रममा कुटाकुट भएको छ । सप्तरीमा पार्टीले आयोजना गरेको चियापन कार्यैक्रममा नेताहरुबीच कुटाकुट भएको हो । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको त्यहाँ स्थित हाम्रा संबाददाताले बताएका छन् ।
दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ । बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही क्रममा जिल्ला नेता लक्ष्मण यादवसँग भनाभन भएको एक नेताले बताए ।
त्यही क्रममा कुटाकुट हुँदा जिल्ला इन्चाज यादवको टाउको फुटेको छ । उनलाई राति नै गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइएको छ । उनको टाउकोमा चार वटा टाँका लगाइएको छ ।