कर्णालीलाई समृद्ध बनाउन के गर्नुपर्छ ? यस्तो छ विद्यार्थी नेता शाहको योजना
काठमाडौं – नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले कर्णाली प्रदेशलाई समृद्ध बनाउन सबै जनताहरु एकठाउँ मा उभिनु पर्ने बताएका छन। त्रिभुवन बिश्वबिद्धालय कर्णाली विद्यार्थी समाजले राजधानीमा आयोजना गरेको दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शाहले कर्णालीमा विकास र रोजगारका धेरै सम्भावना भएपनि हामीले त्यसको पहिचान गर्न नसकेको स्वीकार गरे।
शाहले पार्टीका सिधाान्तलाई भन्दा पहिलो प्राथमिकतामा देशलाई राख्न पनि आग्रह गरे। उनले हामि पार्टीका सिधाान्तबाट निर्देशित हुदा देशलाई बिर्सने गरेको भन्दै अब देशलाई पहिलो र पार्टीलाई दोश्रो प्राथमिकता राखेर कर्णालीलाई परिवर्तन गर्न लाग्नु पर्नेमा जोड दिए।