किन रोइन् प्रधानमन्त्री पत्नी राधिका शाक्य ?

आइतबार, १२ असोज २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य धरधरी रोएकी छिन् । मानवसेवा आश्रमले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी शाक्यले मनलाई थाम्न नसकेर धरधरी रोएकी हुन् ।

सडकमा अलपत्र परेका मानिसहरुलाई आश्रय दिन भक्तपुरमा खोलिएको मानवसेवा अश्रमको शाखाको उद्घाटन कार्यक्रममा शाक्य रोएकी हुन् । आइतबार आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री केपी शर्मा ओली । साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित भएकी थिइन् ।

कार्यक्रममा मानवसेवा आश्रमका अभियन्ताहरुले सडकमा अलपत्र परेका मानिसहरुको दैनिकीमा आधारित नाटक मन्चन गर्न गरिएको थियो । सो नाटकमा मानसिक सन्तुलन गुमाएकी गर्वभती महिलाको मृत्यु भएपछि राधिका शाक्य भाबुक भएकी थिइन् ।

प्रधानमन्त्री ओलीसहित कार्यक्रमका दर्शक भावुक भए । शाक्यले चस्मा झिकेर आँसु पुछिन् । शनिबारदेखि भक्तपुर शाखामा सडकमा अलपत्र परेका परेका ११ जनालाइ उद्दार गरि राखिएको छ । मानव सेवा आश्रमको शनिबार एक समारोहका बीच प्रधानमन्त्री ओलीले उद्द्घाटन गरेका छन् । मानवसेवा आश्रमले सडकमा अलपत्र परेका मानिस हरुलाई आश्रय दिन १४ जिल्लामा शाखा खोलेको छ ।