गगन थापाको स्टाटसले प्रधानमन्त्रीको कुर्षि हल्लियो, खुल्यो ज्ञानेन्द्र शाही कुटिनुको तथ्य
काठमाडौं – नेपाली काँग्रेसका नेता गगन थापाको स्टाटसले प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्षि हल्लिएको छ । नेकपाका कार्यक्रर्ताले जताततै गुण्डा गर्दी गनथालेको भन्दै सरकारको भ्रतसना गर्दै लेखेको स्टाटसले प्रधानमन्त्री ओलीको ध्यानआक्रषण भएको छ ।
तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजलामाथि आक्रमण भएको विषयलाई लिएर सरकारको आलोचना गरेपछि प्रधानमन्त्रीले यस विषयमा चासो लिएका हुन् । आफू निकटका ब्यक्तिहरुलाई घटनाको बारेमा तथ्य बुझ्न आग्रह गरेको बुझिएको छ ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै केही दिन यता लगातार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेका आक्रमणको घटनालाई लिएर सरकार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका थिए । उनले फेसबुकमा लेखेका छन्, ‘अस्ति प्रेसमाथि आक्रमण हुँदा यो पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाही माथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजाल माथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला जर्मन विद्वान् Niemöller ले भनेझैं भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बाँकी हुनेछैन।’