पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तानबाट राजीनामा, यस्तो छ कारण
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेटर टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा दिएका हुन् ।
दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गर्दै राजीनामा घोषणा गरेका हुन् । खड्काले नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको बताएका छन् ।
२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो । कप्तान पद छाडेपनि पारसले अझै केही समय राष्ट्रिय टिमबाट भने खेल्नेछन् ।