प्रेरक प्रसंग : सफलता प्राप्त गर्ने गजवको तरिका
काठमाडौं – एकजना बुद्धिजिविसँग सोधियोः जिन्दगीमा सफलता कसरी प्राप्त हुन्छ ? उनले भनेः यसको जवाफको लागि कृपया तपाईहरू सबैले आजको साँझ मसंग मेरो घरमा भोजन गर्नु पर्नेछ।
सबै साथीहरू बेलुकाको भोजनको लागि भेला भए । बुजुर्ग व्यक्तिले एउटा ठूलो भाडामा सुप ल्याएर डाइनिङ टेवलको बीचमा राखिदिए। तर सुप पिउनका लागि भने उनले सबैलाई एक(एक मिटर लामो चम्चा दिए।
सबैले लामो चम्चाले सुप पिउने कोसिस गरे तर यो सम्भव थिएन। उनका कुनै पनि मित्रले दिएको चम्चा प्रयोग गरेर सुप पिउन सकेनन्। जब सबै असफल भए तब बुजुर्ग व्यक्तिले भनेः कृपया म तर्फ हेर्नुहोस्१
उनले एक चम्चा लिए, चम्चामा सुप लिए र आफ्नो सामुन्य रहेको मित्रलाई खुवाए। अब सबै मित्रहरूले आफ्नो चम्चामा सुप लिदैँ एक अर्का सामुन्यका मित्रहरूलाई पिलाउन थाले। अन्तमा सबै एकदमै खुसी भए।
सबैले पेटभरि सुप पिए पछि बुजुर्ग व्यक्तिले भनेः जो व्यक्तिले जिन्दगीमा आफ्नो मात्रै पेट भर्ने फैसला गर्दछ, उ हमेसा भोको नै रहन्छ अनि जुन व्यक्तिले अरूलाई समेत खुवाउने चिन्ता गर्दछ उ कहिल्यै भोको रहँदैन।
उनले अगाडि भनेः लिनेवाला भन्दा दिनेवाला व्यक्तिहरू सधैं फाइदामा रहन्छन्। हामी सबैको सफलताको बाटो हाम्रा वरिपरिका अन्य व्यक्तिहरूको सफलताको बाटो भएर नै गुज्रिने गर्दछ।