बामदेव गौतमले खोले प्रचण्ड–ओलीको गोप्य सहमति, कहिले प्रधानमन्त्री बन्दैछन् प्रचण्ड ?
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विच भएको सहमतिबारे नयाँ रहस्य खोलेका छन् । उनले ओली र प्रचण्डवीच भएको सहमति अनुसार ओलीपछि लगत्तै प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।
दशैं, तिहार, नेपाल सम्बत र छठको पर्वका अवसरमा पार्टीले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले तत्कालीन एमाले र माआवादीबीच भएको सहमति कार्यान्वयन हुने बताएका हुन् । उनले पत्रकारहरुसँगको सवाल जवाफमा वर्तमान प्रधानमन्त्री ओलीपछि प्रचण्ड तत्कार प्रधानमन्त्री बन्ने बताएका हुन् ।
पत्रकारले ओली र प्रचण्ड साढे दुई–साढे दुई बर्ष सरकारको नेतृत्व गर्ने सहमति भएको हो भनेर सोध्दा गौतम हो भनेर जवाफ फर्काएका थिए । उनले भएको उक्त सहमति समय आएपछि कार्यान्वयन हुने बताएका छन् । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता हुँदा अध्यक्षद्वय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी भद्र सहमति भएको सार्वजनिक भएको थियो । यसको कार्यान्वयन हुनेरनहुने भन्नेमा सत्तारुढ नेकपाका नेताहरु नै अन्योलमा रहेका बेला नेता गौत्तमले ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका हुन् । तर, उनले कहिले प्रचण्ड प्रधानमन्त्री बन्छन भन्ने विषयमा भने केही भनेनन् ।