एनआरएनएको चुनाव स्थगित, यस्तो छ कारण

बिहिबार, ३० असोज २०७६

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि सुरु भएको मतदान स्थगित भएको छ । भोटिंङ मशिन ब्रिग्रिएपछि आज विहान १० बजे सम्मको लागि स्थागित भएको निर्वाचन आयुक्त शिव रिजालले बताए ।

इलोक्टोनिक मतदान शुरु भएको केही समयमै भोटिङ मेसिनमा प्राविधिक समस्या आएको जनाइएको छ । निर्धारित समयभन्दा मतदान ढिलो शुरु गरेको भन्दै नाराबाजी र तोडफोड समेत गरिएको थियो । आक्रोशित भीडले मतदान स्थल बाहिरका केही टेबल कुर्सी फुटाएका छन् । मतदान स्थगित भएपछि पुनः नाराबाजी चलेको थियो ।

एनआरएनएको नयाँ नेतृत्वका लागि ४२ पदमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार साँझदेखि बुधबार अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा करीब दुई हजार ४ सय मतदाता सहभागी हुनेछन् । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।