विप्लवलाई ठुलो क्षति, अत्याधुनिक हतियारसहित २१ केन्द्रीय नेता फक्राउ
दाङ – दाङबाट नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीयस्तरका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपालभारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले बताए ।
पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाइ छ । प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम ल्याइदैं छ । पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान जारी रहेको बताइएको छ । नेकपाको राप्ती ब्यूरोको बैंठक बसिरहेको स्थानबाट प्रहरीले हस्तक्षप गरि फक्राउ गरेको हो ।