फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक(भिडियो सहित)
काठमाडौं– एक्सन फिल्म ‘सरौतो’ को ट्रेलर सार्वजनिक भएको छ । सिनेम्याटोग्राफरबाट निर्देशनमा डेब्यू गर्न लागेका हरि हुँमागाईंले शो फिल्मको निर्देशिन गरेका हुन् । फिल्मको मुख्य अभिनयमा सुमी मोक्तान रहेकी छिन् ।
बदलाको कथा रहेको फिल्ममा सुमी बाहेक विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीको अभिनय रहेको छ ।
यस फिल्ममा राजनराज सिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत रहेको छ । राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको उक्त फिल्म उत्तम हुमागाईंले छायाँकन गरेका हुन् । निमेष श्रेष्ठले सम्पादन गरेका फिल्ममा शंकर महर्जनको एक्सन रहेको छ । फिल्म कार्तिक २२ गते देखि प्रर्दशन हुँदैछ ।