सभामुख महरा फस्नुको कारण खुल्यो, प्रधानमन्त्रीले खोले पोल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई फसाइएको बताएका छन् । देशी विदेशी तत्वहरुलाई सभामुखले केही विद्येकहरु रोकेको मन नपरेकाले विभिन्न षड्यन्त्र गरेर फसाएकोे आरोप लगाए ।
उनले भने, ‘सभामुख महराले एमसीसी अनुमोदन रोकेर बेठिक गरे । त्यहि रोकेकाले पदबाट मात्र हैन् इज्जतै डामाडोल भयो ।’ उनले एक अर्को प्रशंगमा चीनसँग गरिएको ‘रणनीतिक साझेदारी’ कुनै सैन्य वा राजनीतिक गठबन्धन नभएको, त्यो आर्थिक–सामाजिक विकासका निम्ति गरिएको साझेदारीमात्र भएको स्पष्ट पारेका छन् ।
‘रणनीतिक साझेदारी भनेको कुनै सैन्य गठबन्धन होइन । यो कुनै राजनीतिक अलाइन्स पनि होइन,’ प्रधानमनमन्त्री ओलीले बिहीबार कान्तिपुरसितको अन्तवार्तामा भने,‘यो आर्थिक–सामाजिक विकासका लागि हो ।’ यसभित्र शिक्षा, स्वास्थ्य र आर्थिक साझेदारीका विभिन्न पक्ष जोडिने उनले जानकारी दिए ।
चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा दुई देशबीच रहँदै आएको ‘विस्तृत साझेदारी’लाई रणनीतिक साझेदारी’को उचाइमा पु¥याउने प्रसंग छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमण पूर्ण रुपले सफल भएको र यो दुई देशको सम्बन्ध विस्तारमा कोसेढुंगासरह बनेको पनि बताए ।
प्रधानमन्त्रीले अब भारतसँगको सम्बन्धलाई समेत रणनीतिक साझेदारीमा पु¥याइने जानकारी दिए । उनले इन्डो–प्यासिफिक स्ट्राटेजीमा नेपाल सामेल नहुने बताए । ‘टु प्सल वान होइन, थ्री नै हो । हामीले किन टु प्लस वान मान्ने ?’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे ।