विवाहको सिजन सकिएसँगै चाँदिको मुल्य घट्यो, सुनको मुल्य कति ?
काठमाडौं – आज नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ भने चाँदीमा गिरावट आएको छ । छापावाला सुन तोलामा ७० हजार ६ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ४० रुपैयाँ घटेर ७ सय ४५ मा कारोवार भइरहेको छ ।
अघिल्लो दिन सुनको मुल्य ७० हजार ६ सयमै कारोबार भएको थियो भने चाँदी ८८५ रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै तेजावी सुनको मुल्यपनि यथावतै छ । तेजावी सुन ७० हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।