एनआरएनएको मतगणनास्थलमा पनि लफडा, काँग्रेस निकटलाई मतगणनास्थलमा प्रवेश निषेध
काठमाडौं – गैरआवासीय नेपाली संघ )एनआरएनए)को मतगणनास्थलमा पनि लफडा भएको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएपछि लफडा भएको हो ।
आचार्यका समर्थकहरुले उपद्रो मच्चएपछि केही समय स्थिति असामान्य भएको थियो । उनीहरुले नाराबाजी गर्दै तोडफोडको प्रयास गरेपछि दुई पक्षविच झडप समेत भएको थियो । झपडपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । तनावका कारण केहीबेर मतगणना नै प्रभावित बन्न पुगेको थियो ।
पटक पटकको विवादका कारण प्रभावित हुँदै आएको एनआरएनको मतगणनामा सुस्तता आएको छ । राती अबेरसम्म अन्तिम अतपरिणाम आइसक्ने अपेक्षा गरिएपनि विवादकै कारण शुक्रबार बिहानसम्म अन्तिम मतपरिणाम आइसकेको छैन ।
गैरआवासीय नेपालीको हर्कतका कारण नवौं विश्व सम्मेलन नै विवादित बन्न पुगेको छ । निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका छन् ।