साम्प्रदायिकता भड्काउँदै गाउँपालिका उपाध्यक्ष बुढा, ठुलो दुर्घटना हुनसक्ने
अछाम – अछामको एक गाउँपालिकामा खेल मैदान बनाउने विषयलाई लिएर ठुलो विवाद उत्पन्न भएको छ । तुर्माखाँद गाउँपालिका वडा नम्बर ७ बासकाडामा खेलमैदान बनाउने कार्यपालिकाको निर्णयलाई वेवास्था गर्दैै गाउँपालिका उपाध्यक्ष अमृता बुढाले पालिकाको केन्द्रमै खेलमैदान हुनुपर्छ भन्दै जनता भड्काइरहेकी छिन् ।
एक आपसमा मिलेर बसेका गाउँका सोझा जनतालाई आफ्नो राजनीतिक स्वार्थ पुर्तिका लागि गाउँपालिकाको केन्द्र तुर्माखाँदका जनतालाई उपाध्यक्षले भड्काउँदा आन्दोलित छन् भने उता गाउँपालिकाले निर्णय गरेर काम पनि सुरु भइसकेको बासकाडाका जनतापनि आन्दोलित छन् । गाउँपालिकाको भौगोलिक तथा सुविधाको हिसाबले सबै वडाहरुको पाएक पर्ने एकमात्र ठाउँ बासकाडा नै उपयुक्त भएकाले गाउँपालिकाले गरेको निर्णय सहि भएपनी उपाध्यक्षको ब्यक्तिगत स्वार्थका कारण जनतालाई भ्रममा पारेर साम्प्रदायिकता भड्काउन खोजेको स्थानियहरुले आरोप लगाएका छन् ।
गाउँपालिकाको केन्द्र देखी ५ किलोमिटरको दुरीमा पर्ने उक्त स्थानमा खेलमैदान निर्माणको लागि यस भन्दा अघि पनि बजेट विनियोजन भएर काम सुरु भइसकेको थियो । समथल भु–भागमा पर्ने उक्त स्थान शहरीकरणको रुपमा विकास भैरहेको बासकाडा बजारसंगै जोडीएको छ । गाउँपालिकाको ८ नम्बर वडा धमाली, ६ नम्बर वडा रानिवन, ७ वडा तोषि, ४ नम्बर वडा तुर्माखाँद, ५ नंं.वडा नाडा, भैरबस्थान, भुलु र रहफ वडाको विचमा उक्त स्थान पर्दछ ।
गाउँपालिकाको केन्द्र तोकिएको तुर्माखाद बजारमा बजार विस्तार भैरहेको र खेलमैदानको लागि प्रयाप्त जमिनसमेत छैन । स्थानीयले भने ‘गाउँपालिकाको कार्यालय समेत बनाउन जमिन अपुग रहेका बेला त्यही ठाउँमा खेलमैदान चाहियो भनेर जनतालाई उकास्नु कुनै तुक छैन । यो आन्दोलन विकासका विरुद्धमा छ ।’ धमालीका एक स्थानीयले भने ‘समाजलाई भड्काएर आफने राजनैतिक दुनो सोजाउन कसैलाई मिल्दैन र गर्नु पनि हुँदैन ।
गाउँपालिकाका उपाध्यक्ष अमृता बुढा र वडा नम्बर ४ का अध्यक्षले कार्यपालिकाको बैठककामा असोज ४ गते बासकाडा बनाउने प्रस्ताब ठिक छ भनेर हस्ताक्षर समेत गरेका थिए । तर आफ्नो राजनीतिक स्वार्थका लागि आफैले गरेको निर्णका विरुद्धमा बुढाले आन्दोलनको नेतृत्व गरिरहेकी छन् । आफू देखिदा जनताले नराम्रो भन्छन्की भनेर उनले बडानम्बर ४ का बडाअध्यक्षलाई आन्दोलनको नेतृत्वका लागि जिम्मा दिइएको बुझिएको छ । बैठकमा हस्ताक्षर पनि गर्ने सहमती पनि जनाउने बाहीर आएर जनतालाई भड्काउने उपाध्यक्ष र वडाध्यक्षको नियतीको सबै बाट विरोध भैरहेको छ ।
समयमै समस्याको समाधान नभए उक्त ठाउँमा ठुलो दुर्घटना हुनेसक्ने स्थानियहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । शनिबार पनि एक पक्षले जिल्ला सदरमुकाम मंगलसेनमा विरोध पर्दशन गरेका थिए भने आजपनि अर्को पक्षले विरोध ¥यालि निकालेको छ ।
पत्रकारलाई धम्की
यहि समाचारको विषयलाई लिएर मोटिभेट न्युज डटकममा सुदुरपश्चिम ब्यूरो संयोजक लक्ष्मि जैशिलाई धम्की आएको छ । गाउँपालिका उपाध्यक्ष अमृता बुढाले जैशीलाई ‘खाते पत्रकार’ भन्दै धम्की दिएकी छन् । उनले साला खाते कुकुर पत्रकार, जे पायो त्यहि लेख्ने भन्दै धम्की दिएकी छिन् । उनले दिएको धम्कीको अडियो सहितको सामाग्री केही समयमा प्रकाशन÷प्रशारण गर्ने छौं । प्रतिक्षा गर्नुहोला..
यो पनि पढ्नुुहोस
खेलमैदानको लागि बासकाडा पालिकाको एकमात्र उपयुक्त स्थान