नक्कली नोट छाप्ने पक्राउ
काठमाडौं– बौद्धस्थित नयाँबस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । सो खबर बौद्धको नयाँबस्तीस्थित प्रहरिले जानकारी दिएको हो । उनीहरुको साथबाट ५० हजार रुपैयाँ नोट बरामद गरिएको थियो ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले नक्कली नोटलाई बजारमा पुर्याएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।