काजल अग्रवालको अभिनय रहेको फिल्मको एक्सन सिनको बजेट ४० करोड
एजेन्सी–एक्सन फिल्म ‘इन्डियन २’ सिक्वेन्सका लागि करिब ४० करोडको बजेट छुट्याइएको छ । उक्त फिल्मको २ वटा सुटिङ शेड्युल पुरा भइसकेकमे छ । सन् १९९६ मा रिलिज भएको फिल्म ‘इन्डियन’को यो सिक्वललाई निकै भव्य तरिकाले बनाइँदैछ । यसको अर्को शेड्युल मध्यप्रदेशको भोपालमा सुटिङ गर्ने भएको छ ।
फिल्म ‘इन्डियन २’ को कोरियोग्राफ पिटर हेनले गर्ने भएका छन् । इन्डिया टुडेको खबर अनुसार यो सीनलाई करिब दुई हजार जुनियर आर्टिस्टसहित सुटिङ गरिनेछ । शो फिल्ममा कमल ९० वर्षे वृद्धको अभिनयमा देखिने भएको छ ।
फिल्ममा कमलबाहेक काजल अग्रवाल पनि देखिनेछिन् । उनी सो फिल्ममा एक्सन सिनमा देखिने भएकी छिन् । यसका लागि काजल इन्डियन मार्शल आर्ट कलारिपयट्टूको तालिम लिइरहेकी छिन् । फिल्ममा रकुल प्रित सिंह पनि महत्वपूर्ण भूमिका देखिनेछ ।
सन् १९९६ मा रिलिज भएको फिल्म ‘इन्डियन’मा कमल हसनले बुवा र छोराको दोहोरो भूमिका निभाएका थिए । यो एक यस्तो व्यक्तिको कहानी थियो, जसले सिस्टममा फैलिएको भ्रष्टाचारलाई सार्वजनिक गर्छ । यस फिल्ममा प्रिया भवानी शंकर, सिद्धार्थ पनि देखिनेछन् । फिल्म सन् २०२१ को अप्रिल १४ मा रिलिज हुने तयारीमा छ ।