चर्चामा आउन ऋषि धमलाको अर्का फण्डा, देशभर रतङ्ग

मंगलबार, ५ कार्तिक २०७६

काठमाडौं – चर्चामा आउनकामा लागि पत्रकार ऋषि धमला जे पनि गर्न तयार हुन्छन् । पछिल्लो समय धमलाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेको हल्ला चलाएर चर्चामा आएका छन् ।

मंगलबार बेलुकाको समयमा देश नै तरङ्गीत हुनेगरि धमलाको आफ्नो अनलाइन पत्रिका रिपार्टस नेपाल डटकममा प्रतिबन्धीत नेकपाका प्रबक्ता प्रकाण्ड पक्राउ परेको भन्दै समाचार लेखेको थियो । उक्त समाचार भुटभएको पुष्टि भएको छ । उनको अनलाइनले प्रहरीको उच्च स्रोतको हवाला दिदै समाचार लेखेको थियो ।

तर प्रहरी स्रोतले भने उनी पक्राउ परेको खबर साँचो नभएको दावी गरेको छ । यता विप्लव नेतृत्वको नेकपाका एक नेताले पनि उक्त घटनामा सत्यता नभएको दावी गरेका छन् ।