प्रचण्डले दिए केपी ओलीलाई अर्को धम्की, ओलीले के गर्लान् ?

बिहिबार, ७ कार्तिक २०७६

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले प्रधामन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेरी धम्की दिएका छन् । उनले प्रधानमन्त्री ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै नयाँ तरिकाले कामगर्ने धम्की दिएका हुन् । प्रचण्डले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाटलाई तिब्र बनाउँदै केपी ओलीलाई देखाइदिने धम्की दिदै आएका छन् ।

पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् । ‘अब उहाँसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीले सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनु भएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’

अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? भन्ने प्रश्नमा स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’ २०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिमा बिनु सुवेलीले लेखेकी छिन् ।