कार्तिक १३ गते सार्वजनिक विदा

बिहिबार, ७ कार्तिक २०७६

काठमाडौं – सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए । ेसोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि यो विषयमा छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओली १३ गते सार्वजनिक विदा दिन सकारात्मक भएका थिए ।

त्यसलगत्तै मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।