विप्लवको जनमुक्ति सेनामा भर्ना खुल्यो, कहाँ र कसरी सम्पर्क गर्ने ?

शुक्रबार, ८ कार्तिक २०७६

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनमुक्ति सेनाको भर्ति खोलेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीले नयाँ जनमुक्ति सेना निर्माण गर्न लागेकाले भाग लिन सबै युवाहरुलाई आह्रवान गरेका छन् ।

क्रान्तिमा राज्यको दवदवा बडेको र क्रान्तिमाथि आक्रमण भएकाले जमुमक्ति सेना आवश्यक भएको विप्लवले बताएका छन् । यूएन, भारत, कांग्रेस, एमाले र प्रचण्ड–बाबुराम मिलेर जनताको मुक्तिको लागि लडेको जनमुक्ति सेनालाई पूर्व बनाइदिएको भन्दै उनले जनमुक्ति सेना पूर्व हुने सेना नै नभएको दावी गरेका छन् । जनमुक्ति सेना सकेर क्रान्तिमाथि प्रचण्ड बाबुरामले आक्रमण गरेको भन्दै क्रान्ति पुरा गर्न सेना अपरिहार्य भएको ठोकुवा गरेका छन् ।

जनमुक्ति सेना भविष्य बोकेको र भविष्यको जिम्मा लिने सेना भनेको प्रष्ट पार्दै उनले त्यसलाई पूर्व भनेर विषयान्तर गर्न खोजिदा त्यतिबेला नै आफूहरुले विरोध गरेको समरण गर्दै अवको सेना भनेको देशको सेवा गर्ने र सिमाको रक्षा गर्ने ठोकुवा गरे । जनमुक्ति सेनालाई पूर्व भन्ने या नभन्ने बिषयमा तत्कालीन परिस्थितिमा पनि ठूलो बहस पनि चलेको उनले खुलासा समेत गरेका थिए ।

जनमुक्ति सेनामा भर्ति हुन चाहनेहरुले तिहारको समय पारेर घर भेट्न आएका हाम्रो पार्टी पंतिका साथिहरुसंग सम्पर्क गर्न भनिएको छ । यदी उहाँहरुसँग भेट नभए स्थानिय पार्टीलाई सम्पर्क गर्न विप्लवले अनुरोध गरेका छन् । विप्ललको अहिले चार कमाण्डमध्ये पूर्व र पश्चिम कमाण्डमा एकएक डिभिजन, मध्य र पश्चिम कमाण्डमा दुईदुई डिभिजन रहेको विप्लव निकट श्रोतको दावि छ ।