प्रेरक प्रसंगः महादेवले आफ्नै भक्तजनको परीक्षा लिएपछि…
श्रावनको महिना थियो । लाखौँ मान्छेरु बाेलबम भन्दै भगवान् शिवको मनिदरमा पानी चढाउन गइरहेका थिए ।
मन्दिरमा भक्तको भीड देखेर पार्वतीले शिवसगँ भन्नुभयो– ‘बाबा, हेर्नुहोस् त हजुरका भक्तहरुको भीड ।’
शकर भगवान्रले भन्नुभयो– ‘हुन त हो, तर यी लाखौँमा वास्तविक रुपमा मलाई बुझ्ने त शायदै एक–दुई होलान् कि ?’
पार्वतीले छक्क पर्दै सोध्नुभयो– ‘के त्यसो भए हजुरको नाम लिँदै हिँडेका यत्रो भीड चाहिँ हजुरको भक्त होइनन् ?’
शकर भगवान्रले जवाफ दिनुभयो– ‘मैले त्यसो भनेको हैन पार्वती, मैले त वास्तविक रुपमा मलाई बुझ्ने पो होलान् कि नहोलान् भनेको त ।’
शकर भगवान् र पार्वतीको बीचमा ती भक्तहरुको परीक्षा गर्ने योजना बन्यो ।
बाबाधामको मन्दिरछेउ बोलबम भन्दै हिँड्ने कावरहरुको लर्को थियो । मन्दिरछेउको चौरमा एउटा गधा भुइँमा पल्टिएर कराइरहेको थियो ।
गधाकी मालिक्नी रुँदै कावरहरु’गँ भन्न थालिन्– ‘ए कावर हो, मेरो गधा पानी पिउन नपाएर मर्न लाग्यो । मेरो जीवन सहारा भनेकै यो गधा हो । मेरा श्रीमान् बिरामी छन्, छोराछोरी सानै छन् । यही गधाले भारी बोकेर हाम्रो परिवारको पालन गरेको छ । यो मर्यो भने हाम्रो बिचल्ली हुन्छ । लौ न कसैले यसलाई पानी पिलाएर बचाइदेऊ ।’
गधा छट्पटिरह्यो । गधाकी मलिक्नी कराइरहिन् ।तर, दया गर्न कोही आएनन् । गधा पल्टिँदा उडेको धुलाले आफूलाई छोला भनेर सबै कावरहरु परपर हुन लागे ।
कावरहरुको भीडमा नब्बे वर्ष्रका एक जना सन्त पनि रहेछन् । उनी गधालाई पानी पिलाउन अगाडि बढे । शिष्यहरुले त्यति परबाट ल्याएको जल भगवान्रलाइ नै चढाउनुपर्छ भनेर रोक्न खोजे, तर उनले मानेनन् ।
सन्तले गधाको मुखमा पानी धारा खसाल्दै भन्नुभयो– ‘हे शिव, हजुर त आत्मको रुपले सर्वत्र हुनुहुन्छ । मैले हजुरकै स्वरुप मानेर गधाको मुखमा पानी चढाएको छु, हजुर प्रशन्न हुनुहोस् ।’
त्यसै बेला गधाको रुप त्यागेर भगवान् शकर प्रकट हुनुभयो र उहाँले हाँस्दै पार्वतीसँग भन्नुभयो– ‘देख्यौ पार्वती, यो सबै भीड भक्तहरुकै हो, तर पनि वास्तविक रुपमा मलाई चिन्ने त यिनै एक जना सन्त मात्रै रहेछन् । दुः खीको सेवा नै शिवको पूजा हो भन्ने कुरा त यिनै सन्तले मात्रै बुझेका रहेछन् ।’