नायक भूवन केसीको फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

शुक्रबार, ८ कार्तिक २०७६

काठमाडौं– भुवन केसीको फिल्म ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । भुवन केसीको दाहोरो भुमिका भएको फिल्म कथा, पटकथा तथा संवाद देव भुषालको रहेको छ । फिल्मको ट्रेलरमा नायक केसी भिलेनको रुपमा देखिएका छन् ।

निरज कँडेलको छायांकन रहेको यस फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्मको अभिनयमा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारहरु रहेका छन् । साहिल र भूवनबीचकाे  टकराव एक्सन फिल्ममा हेर्न पाइनेछ ।

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषण आदिलाई यस फिल्मले प्रस्तुत गरेको छ । निर्देशक भुषालले निर्देशन गरेको फिल्ममा प्रेमराज दाहालले लगानी गरेका हुन् ।

यस फिल्म राष्ट्रियता, प्रेम र पारिवारिक कथामा आधारित रहेको  छ । शिक्षा तथा रोजगारीका लागि जुनसुकै देश गएपनि ‘नेपाली नेपाली नै रहन्छ’ भन्ने मुल भाव प्रस्तुत गरिएको छ ।