कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उमेद्वार बनाउने

शुक्रबार, ८ कार्तिक २०७६

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई उपचुनावका लागि उमेद्वार बनाउने भएको छ । नेकपा कास्की जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले कास्की २ को उपचुनावका लागि भट्टराईलाई उमेद्वार बनाउने निर्णय गरेको हो । सो निणर्य पछि जिल्लाले उनको नाम केन्द्रमा पठाएको छ ।

उम्मेदवारका लागि सर्वसम्मत रुपमा उनको नाम मात्र सिफारिस गरिएका उनीनै नेकपाको अधिकारीक उमेद्वार हुने नेकपा कास्कीले जनाएको छ । भट्टराई दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । १५ फागुनमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा उपचुनाव हुँदैछ ।