भिआइपी जुवाडेहरुको जेल यात्रा, मुद्धा पुग्यो सर्वोच्व अदालत

सोमबार, ११ कार्तिक २०७६

काठमाडौँ – महाराजगञ्जबाट पक्राउ परेको भिआइपी जुवाडेहरु आज छुट्ने भएका छन् । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडे भिआइपीलाई छुटाउन सर्वोच्वमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपछि उनीहरु छुट्ने लगभग पक्का भएको हो ।

नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई देखाएर शनिबार राती पक्राउ परेका जुवाडेहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । एक जुवाडेको आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा आइतबार ३ बजे बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

भाइटिका लगाउनुपर्ने भएकाले अदालतलाई समेत प्रभावमा पारेर रिट दायर गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । जुवाडेहरुलाई आजै अदालतमा उपस्थित गराइदैँछ । पक्राउ परेका जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो ।