विवाह लगत्तै अघोर बाबाको ‘लाइफ ड्यामेज’, खुल्यो उनकी श्रीमतीको कालो कर्तुत
काठमाडौं – अघोर बाबाका नामले चर्चामा रहेका एक ब्यक्तिसँग विवाह गरेकी सारदा पाण्डेको कालो कर्तुत प्रदाफाँस भएको छ । पाण्डेले आफ्नो श्रीमानसँग विवाह गरेर अमेरिका पुर्याइदिन्छु भन्दै ७० लाख रुपैयाँ ठगीगरेको भेटिएपछि उनको कुर्तुत छताछुल्ल भएका हो ।
सामाजिक सञ्जालमा लामो समयसम्म चर्चामा रहन सफल अघोर बाबासँग पाण्डेले भर्खरैमात्र विवाह गरेकी थिइन् । विवाहलाई लिएरपनि विभिन्न खालका टिप्पणी भइरहेका छन् । अघोर बाबासँग बिहे गर्ने बित्तिकै चर्चा मा आएकी पाण्डेले विगत एक बर्ष अघि आफ्नै श्रीमानसँग विवाह गरेर अमेरिका जानलाई एक महिलालाई प्रस्ताव गरेर विवाह समेत गरि फाएको पाइएको छ ।
आफ्नै लोग्नेसँग बिहे गरि अमेरिका लान्छु भन्दै पाण्डेले फसाएकी एक महिला मिडियामा आएकी छन् । मिना (नाम परिवर्तन)लाई आफ्नो श्रीमानलाई दाई भन्दै अमेरिकन ग्रिन कार्ड होल्डरसंग विवाह गरि दिएकी उनले ७० लाख मागे पछि विवाह रद्द भएको थियो । उक्त बिहे भए पछि अहिले उनी घर न घाट कि भएकी छिन । आफूलाई न्याय चाहिएको भन्दै मिना अहिले मिडियामा आएकी छिन ।
लाइफ ड्यामेज भन्दै फ्रटेशनका कुरा गर्ने अघोर बाबाले विवाह पश्चात लाइफ इज ओके भन्न थालेका थिए । तर उनकी श्रीमतिको कालो कर्तुत सार्वजनिक भएपश्चात उनको लाइभ ड्यामेज भएको भनेर चर्चा गर्न थालिएको छ ।
हेर्नुहोस उनीसँग भएको भिडियो कुराकानी ।