तिहारको मुखमा ट्वाइलेटमा थुनिए भीआईपी व्यापारी अग्रवाल, यस्तो छ कारण
काठमाडौं – भीआईपी व्यापारी ट्वाइलेटमा थुनिएको पाइएको छ । भीआईपी जुवाडे प्रकरणको खालमा प्रहरीले छापा हान्दा बिटुमिन व्यापारी पवन अग्रवाललाई प्रहरीले ट्वाइलेटबाट फत्राउ गरेपछि उनी ट्वाइलेटमा थुनिएको पाइएको हो ।
काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवाको खालमा प्रहरीको छापा प्रकरणमा नयाँनयाँ समाचारहरु बाहिर आउने क्रममा यस्तो खवरलेपनि प्राथमिकता पाएको छ । उक्त जुवाको अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएपछि अग्रवाल ट्वाइलेटमा लुकेका थिए ।
प्रहरीले अप्रेशन गर्दा बिटुमिन व्यापारी अग्रवालचाहिँ शौचालयभित्र लुकेर बसेको भेटिएका थिए । भित्रबाट चुकुल लगाएको पाएपछि प्रहरीले निकै सास्ती बेहोरेर नियन्त्रणमा लिएको थियो ।
अग्रवाल हुण्डी व्यपारी समेत भएको बुझिएको छ । भीआईपी जुवाडेका नामले चिनिने उक्त प्रकरणमा २५ जना जुवाडेसहित २ करोड ७० लाख चेक र नगद गरि बरामद गरेको थियो ।