नेपाललाइ अमेरिकी राजदूत कोषद्वारा १ लाख ५० हजार अमेरिकी डलर सहयोग

आइतबार, १७ कार्तिक २०७६

काठमाडौं–अमेरिकी राजदूत कोषले पाटनको कृष्ण मन्दिरको सांस्कृतिक संरक्षण गर्नको लागि सहयोग गरेको छ । महाविनाशकारी २०७२ साल वैशाख १२गतेको भुकम्पको कारण विनाश भएको पाटनस्थित अष्‍टकोणीय कृष्ण मन्दिरको संरक्षणको लागि राजदूत कोष मार्फत अमेरिकी राजदूतावासले १ लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको छ ।

अमेरिकी दूतावासले काठमाडौं उपत्यका संरक्षण कोषलाई सहयोगको औपचारिक शुरुवात गर्न पाउँदा गौरवान्वित भएको भनेर सामाजिक सञ्जालमा व्यक्त गरेको छ । शुक्रवार पाटनमा आयोजित एक समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरी, अन्तर्राष्‍ट्रिय धार्मिक स्वतन्त्रताका लागि राजदूत स्याम ब्राउनब्याक, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले पुनर्स्थापना र संरक्षण कार्य सुरुवात गरेको राजदूतावासले जनाए ।

राजदूत बेरीले एक भिडियोमार्फत सम्पदा संरक्षण एकदमै महत्वपूर्ण रहेको बताए । त्यस्तै नेपाली जनाताको लागि आफ्नो इतिहास र संस्कृती धेरै प्यारो भएको कुरा बझेको छु भने । विगत दुई दशकमा दूतावासले २४ वटा सम्पदाको पुनर्निमाण र संरक्षका लागि ३० लाख ५० हजार अमेरिकी डलर सहयोग गरेको छ ।