कलंकीदेखि चाबहिलसम्म सडक ८ लेनको बनाइँदै
काठमाडौं–सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ ।
उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्ड चौडा पारिएको थियो ।
चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । उक्त समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ । यो समाचार काशीराम बजगाईले लेखेका हुन् ।