प्रेरक प्रसंगः लोभले लाप लापले विलाप भएकाे मानिस

मंगलबार, १९ कार्तिक २०७६

एउटा लोभी मान्छे बजारमा घुम्दै थियो उसलाई भोक लागेछ । ऊ कुनै होटलमा पस्यो । होटलमा थुप्रै कोठाहरु थिए । एउटा कोठाको ढोकामा लेखिएको थियो– यो ढोकाबाट छिर्नेले सय रुपियाँमा खान पाउँछ ।

अर्कोमा लेखिएको थियो– यो कोठाबाट छिर्नेले पचास रुपियाँमा खान पाउँछ । अर्कोमा लेखिएको थियो– यो कोठाबाट छिर्नेले पच्चिस रुपियाँमा खान पाउँछ । लोभीले ती सबै सूचना पढ्यो ।

लोभीले यो भन्दा पनि सस्तोमा खान पाइन्छ कि भन्दै अलिक परसम्म चिहायो । अलिक परको ढोकाको कोठामा लेखिएको रहेछ– यो कोठाबाट छिर्नेले पैसा दिनुपर्दैन ।

लोभी मख्ख पर्यौ । किन पैसा तिर्नु ? यही ढोकाबाट छिर्छु भन्दै लोभी फुत्त त्यो ढोकाबाट भित्र छिर्यो तर त्यो त बाहिरको गल्लीतिर जाने बाटो रहेछ । लोभी जिल्ल पर्यौ ।

यसर्थ, मान्छेले जे कुरामा पनि सित्तै भन्नुहुँदैन । आफ्नो सार्मथ्य अनुसारको व्यवहार गरेनौं वा गर्दैनौं भने एक दिन त्यस्ताले पनि गल्लीको बाटो हेर्नुपर्छ ।