बर्दिवासको सरसफाइ कार्यक्रममा धुर्मुस–सुन्तलीको सहभागिता

बुधबार, २० कार्तिक २०७६

काठमाडौं–सामाजिक अभियानमा लागेका तथा सरसफाई दूत धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) बर्दिवासस्थित मुसहर बस्तीमा पुगेका छन् । मङ्गलबार दिउँसो बर्दिवासमा सरसफाइ कार्यक्रममा सहभागी हुन उनीहरु आफैले निर्माण गरेको एकीकृत नमुना मुसहर वस्तीमा पुगेका हुन् । त्यसै क्रममा उनीहरुले एकीकृत नमुना मुसहर वस्तीका बालबालिकासँग पनि रमाइलो गरे ।

गोरखामा भूकम्प गएपछि उनीहरुले एकीकृत नमुना वस्तीका रुपमा पहिलो पटक काभ्रेको पहरी वस्ती निर्माण गरेका थिए । त्यसैगरि दोस्रो एकीकृत नमुना वस्तीका रुपमा सिन्धुपाल्चोकको गिरनचौरमा वस्ती निर्माण गरेका थिए । अहिले भने उनीहरु चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यस्त छन् ।