नेपालमा दैनिक रुपमा भित्रिने मोबाइलको संख्या कति ? यस्तो छ रेर्कड

बुधबार, २० कार्तिक २०७६

काठमाडौं–नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्यांकअनुसार औसतमा उक्त संख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार

गत वर्षमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३ सय ३१ थान मोबाइल आयात भएको थियो । त्यसैगरि यस वर्षको असोजसम्म भने सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७ सय ९५ थान मोबाइल आयात भएको छ ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएको छ । चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।