अब कारागारभित्रै यौनसम्पर्क राख्न पाइने

शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौं – अब कारागारमै कैदी बन्दीहरुले यौनसम्पर्क राख्न पाउने भएका छन् । पति वा पत्नी जेलमा रहे पनि दम्पतीले सन्तान जन्माउनका लागि जेलभित्रै यौनसम्पर्क राख्न दिइने भएको छ ।

बाहिर रहेकी पत्नी जेलमा गएर पतिसँग बस्न पाउने छिन् । बाहिर रहेका पतिलाई कैदी पत्नीसँग भेट्न छेकिने छैन । कारागार परिसरभित्रै उनीहरूले यौनसम्पर्क राख्न पाउनेछन् ।

त्यति मात्र होइन, गर्भवती महिला कैदीले ६० दिनसम्म बिदा दिने व्यवस्थासहितको विधेयक तयार भएको छ । कैदीलाई कारागारमै प्रजनन सुख दिनका लागि यो व्यवस्था गर्न लागिएको हो । आजको कान्तिपुरमा समाचार छ ।