नेकपाका नेता आजाद सम्पर्क बिहिन

शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौं–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेक बहादुर केसी ‘आजाद’ सम्पर्क विहिन भएका छन् । उनलाई प्रहरीले बिहिबार राती पक्राउ गरेर गिरप्तार गरेको हुनसक्ने शंका गरिएको छ ।

नेकपा स्रोतले दिएको जानकारी अनुसार आजादलाई प्रहरीले बिहिबार राती सेल्टरबाट गिरफ्तार गरेको हो । आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ । सम्पर्कमा आएक एक केन्द्रीय सदस्यले भने ‘ओली सरकारले अहिले हाम्रा नेता कार्यकर्तालाई रातारात गिरफ्तार गर्ने र बेपत्ता पार्ने, पारिवारिक सम्पर्कमा समेत आउन नदिने र अबस्था अज्ञात राखी चरम यातना दिने गरिरहेको छ । यो गम्भीर मानव अधिकारको उल्लंघन हो । हाम्रो पार्टी प्रहरीको यस्तो अमानवीय कार्यको घोर भर्त्सना गर्दछ ।’

प्रहरीले उनलाई राती गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केहि जानकारी दिएको छैन । प्रहरीका एक अफिसरले आफ्नो परिचय नखुलाइदिने सर्तमा उनलाई गिरफ्तार गरेको बताएका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग ललितपुरमा राखिएको हुनसक्ने ति प्रहरी अफिसरको भनाइ छ । प्रहरीले नेता आजादलाई गिरफ्तार गर्नुको कारण भने खुलाएको छैन ।