सिमानामा एसएसबीको दादागिरि

शनिबार, २३ कार्तिक २०७६

काठमाडौं–देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको भ्युटावर निर्माणमा भारतीय सुरक्षा निकाय (एसएसबी) ले रोक लगाएको छ ।

यहाँ भ्युटावर बन्दै गरेको जग्गा नेपालकै हो तर, एसएसबीले आफ्नो भन्दै रोक लगाएपछि भारतीय हस्तक्षेपले सिमा नागेको हो ।

सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ । यो समाचार भगीरथ भण्डारीले लेखेका हुन् ।