फेरि बेचियो टुँडिखेल
काठमाडौं–मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ ।
काठमाडौँको मध्य भागमा ठूलो क्षेत्रमा फैलिएको खुला स्थान सरकारी निकायकै उदासिनताका कारण एकपछि अर्को अतिक्रमणको चपेटामा पर्दै आएको हो ।जसका कारण टुँडिखेल साँघुरिँदै जान थालेको छ ।
ऐतिहासिक तथा सामरिक महत्व बोकेको टुँडिखेल साँघुरिँदै जान थालेपछि काठमाडौँ उपत्यका निसासिने अवस्थामा पुगेको छ ।
संरक्षण अभियन्ताहरु टुँडिखेललाई प्राकृतिक फोक्सोका रुपमा लिन्छन् । उक्त समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । उक्त समाचार केशवप्रसाद पाण्डेले लेखेका हुन् ।