नेपालीभूमी अतिक्रमणको विरोध गर्दैगर्दा विप्लवका १६ नेता गिरप्तार
धनगढी – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १६ जनालाई प्रहरी गिरप्तार गरेको छ । पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली (आलर्श) सहित १६ नेतालाई प्रहरीले बाजुराबाट गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो बाजुरा प्रहरीले गौमुल गाउँपालिका–३ माझपालीबाट गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी उपरीक्षक उद्धवसिंह भाटका अनुसार ओलीसँगै डम्बर सुनार, नरेश शाही, दीपकप्रकाश सुनार, अमललाल थापा, धर्मबहादुर थापा, उदय कशेरा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्मसिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाका अनुसार भारतले नेपालीभूमी अतिक्रमण गरेर नक्सा सार्वजनिक गरेको विषयमा विरोध पर्दशनको तयारी गरिरहेका बेला प्रहरीले सबैलाई गिरफ्तार गरेको हो ।