को को छन् अनमोलको पछि? तछाडमछाड गर्दै सबैजना

शनिबार, २३ कार्तिक २०७६

काठमाडौं– पछिल्लो समयका निक्कै चर्चित अभिनेता हुन् अनमोल केसी । उनको सबै चलचित्र प्रतिक्षित हुने गर्छ । उनको जुनै पनि फिल्म निक्कै चर्चित हुने भएकोले उनलाई लिएर बनाएको फिल्म सफल हुने कुरामा निर्माता ढुक्क रहन्छन् । त्यसकारणले होला अनमोललाई लिएर चलचित्र निर्माण गर्न निर्देशक तथा निर्माता अनमोलको पछि लागेका छन् ।

अनमोलले साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको फिल्म ‘धुपौरे’ नगर्ने भएपछि निर्माताहरु अनमोललाई आफ्नो चलचित्रमा लिनकाे लागि होडबाजी गरिरहेका छन् ।

सफल निर्माता माधव वाग्लेको निर्देशनमा बन्न लागेको फिल्म ‘पारस’ को लागि पनि बन्दैछ माधवले अनमोललाई आँखा लगाइरहेका छन् । अनमोललाई वाग्लेले फिल्मको स्क्रिप्ट पनि पुर्‍याइसकेका छन् । त्यसैगरि निर्देशक हेमराज विसीले पनि अनमोललाई आफ्नो चलचित्रमा काम गराउन चाहन्छन् । अनमोलको डेब्यु फिल्मको निर्देशक पनि हेमराज विसीनै थिए । जुन निकै सफल पनि भए । सो कारण हेमराज पुनः आफ्नो नयाँ चलचित्रमा अनमोलसँग काम गर्न चाहान्छन् ।

हालैमात्र निर्माता रोहित अधिकारीले आफू नयाँ चलचित्र निर्माण गर्न लागेको घोषणा गरेका छन् । जसको निर्देशन भने दिनेश राउतले गर्दैछन् । निर्माता रोहित पनि यस प्रोजेक्टमा अनमोललाई लिएर काम गर्न चाहन्छन् ।  अनमोललाई लिएर काम गर्ने सर्तमा नै रोहित र दिनेशको टिमअप भएको हो । अनमोलसँग काम गर्न चाहनेको संख्या लामै भएपनि अनमोल अहिले होम प्रोडक्सनको चलचित्र ‘एन्टि हिरो’मा फोकस छन् ।