प्रेरक प्रसंगः तपाई के सोच्नुहुन्छ, त्यहि प्राप्त हुन्छ, नपत्याए हेर्नुहोस्
काठमाडौं–एउटा मान्छे वन घुम्न गयो । अनकन्टार वनभित्र घुम्दाघुम्दै ऊ कुनै पर्वतको नजिक पुग्यो ।
उसले त्यहाँ आफ्नो कुनै शत्रुलाइ सम्झेर ठुलो स्वरले भन्यो –‘पख्लास्, एक दिन मैले तँलाई जानेको छु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
उसले आफूलाई पनि कसैले गाली गरेको सम्झेर भन्यो–‘तँ को होस्, म अहिले नै तँलाई ठेगान लगाउँछु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
उसले भन्यो–‘पख्, म घरमा गएर बन्चरो ल्याएर तँलाई छप्क्याउछु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
त्यो मान्छे रिसले भाउन्न हुदैँ बन्चरो लिन घर आयो । घरमा उसले वनको घटना दाजुलाई सुनायो ।
दाजुले भने–‘भाइ, तिमि एकपल्ट मेरो कुरा मानेर बन्चरो नलिई फेरि वनमा जाऊ र मैले भनेको कुरा त्यो वनको मान्छेलाई भन । उसले के उत्तर दिँदो रहेछ । अनि म पनि तिमिसँगै वन जाउँला ।
दाजुको कुरा मानेर त्यो मान्छे फेरि वनमा गयो ।
उसले अघिकै ठाउँमा उभिएर दाजूले सिकाएको कुरा ठूलो स्वरले भन्यो–‘ए मेरा साथी आऊ मलाई भेट्न ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
उसले फेरि भन्यो–‘मेरो साथि, म तिमिलाई भेरै माया गर्छु ।’
वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
दाजुले सिकाएका सबै राम्रा कुरा उनले भन्यो । उसले जे भन्यो वनभित्रबाट पनि त्यस्तै आवाज आयो ।
वनभित्रको साथीले भनेका कुरा सुनेर उसको सारा रिस सकियो र उसले दाजु भएको ठाउँमा आएर सबै कुरा सुनायो ।
दाजुले हाँस्तै भने–भाइ, वनभित्र कुनै मान्छे थिएन, तिमिले बोलेका कुरा नै वनमा गुञ्जिएर तिमितिर फर्केको थियो । तर तिमिले त्यसलाई नै अर्काले भनेको सम्झ्यौ ।’