सिमानामै घन्कियो भारतविरोधी नारा, हजारौं विद्यार्थी सहभागी (फोटो फिचरसहित)

आइतबार, २४ कार्तिक २०७६

महेन्द्रनगर – भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विषयलाई लिएर देशभर प्रदर्शन भइरहेको छ । आइतवार विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पनि देशभर पर्दशन गरेको छ ।

उता नेपाल भारत सिमाना नजिकै रहेको महेन्द्रनगरमा पनि विशाल प्रदर्शन भएको छ । अखिल (क्रान्तिकारी) सेतिमहाकाली क्षेत्रीय समन्वय समितीद्वारा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थीसहित विरोध प्रदर्शन गरिएको छ । विरोध प्रदर्शनमा सङ्गठनका केन्द्रिय सदस्य बबरजङ्ग सिंह, प्रकाश जप्रेल , शंकर महरा, कैलाली जिल्ला अध्यक्ष सुबास जोशी र कंचनपुर अध्यक्ष नरेन्द्र भाटको सहभागिता रहेको थियो ।

प्रदर्शन अखिल (क्रान्तिकारी) क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहको नेतृत्वमा भएको थियो । पदर्शन पछि कोणसभामा हजारौं विद्यार्थीलाई सम्बोधन गर्दै संयोजक शाहले नेपालको खोसिएको मुमि भारतले तत्काल फिर्ता गर्नुपर्ने बताए । यदि शान्तिपुर्णरुपमा गरिको आन्दोलनलाई भारतले वेवास्था गरे सिमा रक्षाका लागि अखिल क्रान्तिकारी ज्यान दिन तयार रहेको बताए ।

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार आज देशभर भारतीय हस्तक्षपका विरुद्धमा विरोध ¥यालि निकालेको थियो ।