फेरी चुके योगेश भट्टराई, ल्हासा–काठमाडौँ हवाई सेवा बन्द

सोमबार, २५ कार्तिक २०७६

काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै नेपाल उडान भर्ने विदेशी हवाई सेवा प्रदायक कम्पनी र मुलुकको संख्या बढाउने कूटनीतिक पहल गरिरहेका बेला चीनको ल्हासामा हुँदै आएको उडान रोकिएको छ । उडान रोकिएपछि संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्याटन बर्ष सफल पार्नका लागि विश्वभर उडान सुरु गर्ने भन्ने उनको भनाई हावा सावित भएको छ ।

गत महिना चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणमा नेपाल आउने सो मुलुकका पर्यटकको संख्या बढाउने द्विपक्षीय छलफल भएको चर्चा सेलाउन नपाउँदै चिनियाँ राष्ट्रिय ध्वजावाहक एयरलाइन्सले ल्हासा–काठमाडौँ उडान रोकेको हो ।

भ्रमण वर्षको पूर्वसन्ध्यामा एयर चाइनाले यो रुटमा उडान स्थगित गरेसँगै नेपाल हुँदै तिब्बत जाने तेस्रो मुलुकका पर्यटक र चीन हुँदै नेपाल आउने यात्रुलाई प्रत्यक्ष असर पर्छ । उक्त समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ । यो समाचार टीका बन्धनले लेखेका हुन् ।