अमेरिका विरुद्धमा विप्लवको कडा विज्ञप्ति, प्रधानमन्त्री ओली भाडाको टट्टु भएको आरोप (विज्ञप्तिसहित)
काठमाडौं – प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टीले नेपालमा अमेरिकी साम्राज्यबाटको हस्तक्षप बढेको बताएको छ । नेपाल र नेपाल देशलाई आतङ्ककारीको सूचीमा राख्ने अमेरिकी साम्राज्यवादको रिपोर्टले देशमा अमेरिक हस्तक्षप बढेको पुष्टी भएको जनाएको छ ।
विप्लव नेतृत्वको नेकपाले एक विज्ञप्ति जारी गरि अमेरिकी साम्राज्यबादले देशलाई अन्तर्राष्ट्रिय आतङ्कवादीहरूको आश्रयस्थल र आवतजावत गर्ने थलो भनेर बदनाम गरिरहँदा समेत लाञ्छना सहेर बस्ने केपी ओलीको सरकार साम्राज्यवादको टट्टु भएको जनाएको छ । उसले सार्वजनिक गरेको रिर्पोटलाईसमेत नेकपाले खारेज गरिदिएको छ ।
‘अमेरिकाको ‘प्रतिआतङ्कवाद ब्युरो’ ले २०१९ अक्टोबरमा प्रकाशित गरेको ‘आतङ्कवादबारे देशका रिपोर्टहरू २०१८’ (कन्ट्री रिपोर्ट अन टेरोरिज्म २०१८) मा उल्लेख गरेको नेपाल र विद्रोही नेपाल कम्युनिष्ट पार्टीबारेको धारणा र विवरणप्रति आफ्नो पार्टीको गम्भीर ढङ्गले ध्यानकेन्द्रित भएको उनले बताएका छन् । महासचिव विप्लवले अमेरिकी साम्राज्यवादले नेपाल देश, नेपाली जनता र पार्टीको राजनीतिक स्वतन्त्रता एवम् अधिकारमाथि निर्लज्जतापूर्वक गरेको हस्तक्षेपको घोर भत्र्सना गर्दै उक्त रिपोर्ट झूट, भ्रामक तथा षड्यन्त्रपूर्ण भएको स्पष्ट पारेका छन् ।
अमेरिकाले आफैँ उपनिवेशको दमनबाट फुत्किन बन्दुक उठाएर लडेको देश भएको स्मरण गर्दै विप्लवले आफ्ना अग्रजहरूको विद्रोहलाई बिर्सेर बीसौँ शताब्दीदेखि कमजोर देशहरूलाई पैतालामुनि दबाउने घोर फासिस्ट एवम् साम्राज्यवादी नीति लिएको बताएका छन् । बेलायती युगको अन्त्य भएपछि अमेरिकी युग चलेको र त्यसले विश्वशान्ति, प्रगति, मानवता र समृद्धिको मुख्य अवरोधक एवम् बाधक बनेर आतङ्क मच्चाइरहेको उनले बताएका छन् ।
