महिला कर्मचारी कुट्ने एक वडाध्यक्ष प्रहरी खोरमा
कैलाली – कैलालीको पहाडी मोहन्याल गाउँपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै महिला कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले वडा नम्बर ५ का अध्यक्ष छविलाल हौजाली मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुखडकाअनुसार सोही वडा कार्यालयकी अपाङ्ग एकल महिला कर्मचारीमाथि कुटपिट र दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो। वडाध्यक्ष मगरले ती महिला कर्मचारीलाई गत सोमबार कटौंजेस्थित वडा कार्यालयको एक कोठाभित्र थुनेर लठ्ठीलठ्ठीले निर्घात कुटपिट गरेको आरोप पीडित महिलाले लगाएकी छिन् ।
स्थानीय निर्वाचनमा पूर्वमाओवादीबाट निर्वाचित मगर हाल नेकपा मोहन्याल गाउँ कमिटीका सदस्य समेत हुन् ।